सुम्निमा हाइड्रोपावरको १०औं वार्षिक साधारण सभा माघ ९ गते

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा माघ ९ गते आयोजना गर्ने भएको छ। कम्पनीले जानकारी दिएअनुसार सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०:४५ बजेबाट सुरु हुनेछ।

सभामा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।