सानीमा रिलायन्सले इलाम बाढीपीडितलाई राहत सहयोग

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हालै इलाम नगरपालिकामा आएको भूस्खलनबाट प्रभावित परिवारलाई राहत स्वरूप १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) पहलअन्तर्गत यो सहयोग वितरण गरिएको हो।

सहयोग रकम इलाम नगरपालिकाका मेयर केदार थापालाई एक विशेष कार्यक्रमको माध्यमबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा कम्पनीको तर्फबाट प्रदेश प्रमुख कर्मराज पौडेल, इलाम शाखा प्रबन्धक मदन घिमिरे, वार्ड नं. ४ अध्यक्ष नूतन देव दुलाल, साथै विभिन्न एजेंसी म्यानेजर र स्थानीय नागरिकहरुको उपस्थिति थियो। मेयर थापाले निजी क्षेत्रको सहयोगले तत्काल राहत र दीर्घकालीन पुनःस्थापनामा मद्दत पुगेको भन्दै कृतज्ञता व्यक्त गरे।

सानीमा रिलायन्सले आफ्नो CSR रणनीतिअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय साक्षरता लगायतका क्षेत्रमा समेत सक्रिय सहभागिता गर्दै आएको छ। कम्पनीले भूस्खलन र बाढी जस्ता प्राकृतिक विपद् प्रतिको आर्थिक सुरक्षा सुनिश्चित गर्न बीमा सम्बन्धी जनचेतना फैलाउने काम पनि गर्दै आएको छ।

कम्पनीका अधिकारीहरूले भनेका छन्, “हामीले प्रदान गरेको सहयोग केवल राहतको लागि नभई समुदायसँगको भरोसा र समर्पणको प्रतीक पनि हो। भविष्यमा हाम्रो CSR कार्यक्रम अझ प्रभावकारी र समुदाय केन्द्रित हुने छ।”