टीयू क्रिकेट मैदान विवादमा-सर्ने कि त्यहि नै हो ?

कीर्तिपुरस्थित क्रिकेट मैदानको सम्झौता आगामी वैशाखमा सकिँदैछ। तर नवीकरणका सम्बन्धमा अहिलेसम्म कुनै छलफल नभएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

लुम्बिनी लायन्स च्याम्पियन

क्रिकेट मैदानका लागि नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच अब सम्झौता नवीकरण हुने वा नहुने भन्ने अन्योल बढ्दै गएको छ।

सम्झौता सकिने मिति नजिकिँदै जाँदा विश्वविद्यालय सम्झौता नवीकरण नगर्ने पक्षमा देखिएको हो।

क्रिकेट मैदाननजिक करिब ४० ४५ करोड रूपैयाँका सामग्री ल्याएर प्रयोगशाला बन्न लागेकाले पनि सम्झौता नवीकरण नगर्ने पक्षमा पुगेको विश्वविद्यालयको जवाफ छ।

मैदाननजिकै ४० ४५ करोडका सामग्री ल्याएर ल्याब बन्दैछ। त्यहाँ लगभग २७ करोड रूपैयाँ खर्च भएको भन्ने छ।

क्रिकेट मैदान प्रयोगका लागि सबै पक्ष बसेर अध्ययन गरेर यसबाट पढाइमा परेको परेको असरको पनि मूल्यांकन हुनुपर्ने देखिन्छ ।

‘क्यानको मैदान अन्त पनि भएकाले टीयूको विषयमा गम्भीर नभएको पनि देखिन्छ । क्यानसँग विकल्पहरू थुप्रै छन् । टीयू मैदानमा विद्यार्थीले तनाव दिन्छन्, अरुले तनाव दिन्छन् ।

क्रिकेट मैदानका लागि यसअघि क्यान र टीयूबीच भएको सम्झौतामा आवश्यक भौतिक संरचना क्यानले नै बनाउनु पर्ने उल्लेख छ। सोही सम्झौता अनुसार क्यान, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालय मिलेर मैदानलाई नयाँ स्वरूपमा ल्याएका छन्।

क्रिकेट मैदानमा पहिलो चरणको काम सकिएपछि गत मंसिरमा दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भयो।

सम्झौता नवीकरणको विषय लम्बिँदै जाँदा दोस्रो चरणको काम भने प्रभावित भएको छ। दोस्रो चरणको काम सुरु गर्ने तयारीमा रहेको सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय अहिले अन्योलमा छ। जग्गाको सुनिश्चितताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहजीकरणका लागि प्रयास पनि गरेको थियो।

‘घरबेटीसँग सोध्दै नसोधी कोठा थप्नुहुन्छ। यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ भने घरबेटीलाई त फाइदा नै हुन्छ के भयो ? अर्काको जग्गामा गएर भौतिक संरचनाहरू बनाउनुहुन्छ भने त्यसमा टीयूले जवाफ दिनुपर्छ भन्ने नरहेको देखिन्छ । सम्झौतामा पनि सबै संरचना टीयूकै हुन्छ भन्ने छ। त्यसैले यसमा धेरै बहस गर्नुपर्ने छैन। यति बन्यो, उति बन्यो भन्ने कुरा छैन। २५ वर्ष कोही बस्ला, राम्रो गर्ला यसमा कुनै आपत्ति नरहेको टीयूको दाबी छ ।

विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई नै प्राथमिकतामा राख्ने भन्दै यसमा कोही पनि भ्रममा पर्न नहुने समेत देखिएको छ ।

सम्झौता नवीकरणका लागि अहिले टीयूमा कुनै बहस नै नभएकोले कसैको दबाब र प्रभाव नपर्ने हुन्छ ।

विद्यार्थीका लागि टीयूले अभिभावकत्व पूरा गरिरहेको र राज्यले नसकेका कतिपय विषयहरू टीयूले गरेको हो । छात्रवृत्ति, निशुल्क तालिम दिने जस्ता कार्यक्रम आफूहरूले सञ्चालन गरेको हुन्छ ।

क्रिकेट मैदानको सम्झौता नवीकरणका लागि दुई वर्षअघि नै छलफल सुरु भएको थियो। त्यतिबेला पनि नवीकरणका प्रयासहरू भएका थिए।

तर टीयूले यसलाई आलटाल गर्दै आइरहेको छ। पछिल्लो समय क्यानले देखाएको व्यवहारले पनि टीयू अझ बढी चिढिएको विश्वविद्यालयले जनाएको छ ।

अब क्यान टीयूको क्रिकेट मैदानबाट सर्छ कि त्यहि नै खेलाउँछ हेर्न बाँकी नै छ ।

यसबारेमा क्यानका पदाधिकारीसँग सम्पर्क गर्दा समयानुसार, नियमानुसार हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् ।