(नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित

nada surendra

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् ।

नाडाको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको लागि पुस १७ गते बिहीबार ११ बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । अध्यक्षसँगै अन्य पदमा पनि सर्वसम्मतको पहल भइरहेको बताइएको छ ।

त्यसैगरी सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । १८ जना मध्य एक जनाले मनोनयन फिर्ता गर्ने र उनलाई मनोनयन गरेर सदस्यमा ल्याउने गरी छलफल भइरहेको जनाइएको छ ।

अध्यक्षले ३ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाउने व्यवस्था छ । २५ गते हुने निर्वाचन कार्यक्रमबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा हुनेछ । कार्यसमिति सदस्यहरुबाट पदाधिकारी निर्वाचित हुनेछन् ।

को हुन् उप्रेती र?
नाडा अध्यक्षमा निर्बिरोध निर्बाचित उप्रेती हालको कार्यसमितीमा महासचिव थिए । विगत लामो समयदेखी नाडाको कार्यसमितमा पदाधिकारी रहँदै आएका उनी स्पेयर पार्ट्सको व्यावसाय गर्ने श्री एसटिसी ग्रुपका प्रबन्ध निर्देशक हुन्

उनको यस ग्रुपले नेपालमा सिएट टायर, इएनआई लुब्रिकेन्ट्स, एफसिसी कल्च प्लेट र एएसके अटोमोटिभ्सका उत्पादन लगायत दर्जन बढि ब्रान्डका स्पेयर पार्ट्स आयत गरी बिक्री गर्दै आएको छ ।ग्रुप अन्तर्गतको एसटिसी इनर्जि इन्डष्ट्रिजले हटौडामा ब्याट्री प्लान्ट स्थापन गरी एसटिसी राइड र इनर्जि ब्रान्डका ब्याट्री उत्पादन गर्दै आएको छ ।

उप्रेती पिएलओ लुब्रिकेन्ट्स उत्पादन गर्ने पिएलओ ग्रुपमा निर्देशक समेत छन् भने हालै चीनबाट बिद्युतिय भ्यान र भारतबाट नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर आयत गर्ने तयारीमा समेत लागिपरेका छन् ।