लहान / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारलाई सहयोग गरेको छ ।
कम्पनीको शाखा कार्यालय लहानमार्फत लहान नगरपालिका वडा नं ५ का गरिब, दलित तथा अति विपन्न वर्गलाई जाडोयाममा फाइबर सिरक वितरण गरिएको हो । बैकका मधेश प्रदेश प्रमुख श्याम चवाईंले यो सहयोगले स्थानीयलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाडोयाममा फाइबर सिरक वितरण भएकामा स्थानीयहरूले खुसी व्यक्त गरेका थिए ।
सहयोग वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं ५ का वडाध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिति रहेको थियो ।
