नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरसमेतका विभिन्न पदहरूमा गरी कुल २६५ जनालाई भर्ना गर्ने जनाएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ८ गतेसम्म आवेदन दिन सक्ने छन्। साथै, दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
विद्युत प्राधिकरणका अनुसार आवेदन प्रक्रिया, योग्यता विवरण र दस्तुरसम्बन्धी जानकारी प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिन्छ।

