रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वसाधारण आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो।
यस आईपीओमा ५ लाख ३२ हजार ८८८ जनाले कुल २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ। अन्तिम निर्णयअनुसार १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन्। बाँकी १८ कित्ता शेयर पनि थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यसरी १८ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
