रिलायन्स स्पिनिङ्गको आईपीओ सफल, शेयर बाँडफाँड सम्पन्न

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) को बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँको दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर बिक्रीमा राखेको थियो।

आईपीओमा ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये १३ हजार ८४२ जनाको आवेदन रद्द भएको थियो भने ५ लाख १९ हजार ४६ जनाको आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताको दरले शेयर पाएका छन्। त्यस्तै, सोमध्ये १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता प्राप्त गरेका छन्। बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल कार्यरत रहेको छ।