जाडो छल्न पाहुना चराहरु नेपालमा आइपुगे

काठमाडौं । प्रत्येक वर्ष झैँ, संसारका विभिन्न देशबाट जाडो छल्न पाहुना चराहरू नेपाल आइपुगेका छन्। विज्ञहरूको अनुसार, करिब १६० प्रजातिका यी चराहरू हरेक वर्ष नेपालमा आउँछन्। फागुन र चैत महिनामा चराहरू फेरि आफ्नो देश फर्कन्छन्।

पाहुना चराहरूको आगमनले स्थानीय पारिस्थितिकी तन्त्रमा विविधता ल्याउने र पर्यावरणीय अध्ययनका लागि अवसर प्रदान गर्ने विज्ञहरूले बताएका छन्।