सिन्धु विकास बैंकको सीइओ पद खुल्यो, आवेदन आह्वान

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा आवेदन खुलाएको छ। कम्पनीका निर्वतमान सीइओको राजीनामापछि खाली भएको पदमा अब आवेदन दिन सकिने भएको हो। कम्पनीले ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेका उम्मेदवारहरूले आगामी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन प्रक्रिया अन्तर्गत परीक्षा, अन्तर्वार्ता तथा व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण अनिवार्य रहने कम्पनीले जनाएको छ।

सीइओ पदका लागि आवेदन गर्न इच्छुकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने छ। चार्टर्ड एकाउण्टेन्सी वा माथिका विषयहरूमा स्नातक तह उत्तीर्णले पनि आवेदन दिन सक्नेछन्। तर त्यसका लागि बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, विश्वविद्यालय, अन्तर्राष्ट्रिय संघ वा संस्थामा अधिकृत तह वा सोभन्दा माथि पदमा कम्तीमा १० वर्ष अनुभव हुनु पर्नेछ।

पदमा आवेदन गर्न चाहनेले ‘क’ वर्गको बैंक वा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्ष, ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथि ५ वर्ष, तथा ‘ख’ वर्गको जिल्ला/प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथि ७ वर्ष काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।