आन्तरिक हवाई उडानमा इन्धन शुल्क घट्यो, यात्रुहरूलाई प्रत्यक्ष राहत

नेपाल आयल निगमले पुस १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै देशभरका आन्तरिक उडानहरूको इन्धन शुल्कमा उल्लेखनीय कमी आएको छ। निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर ४२ अमेरिकी डलर मूल्य घटाएको छ। यसले यात्रुहरूले तिर्नुपर्ने टिकटको कुल मूल्यमा प्रत्यक्ष राहत दिएको छ।

इन्धनको मूल्य घट्दा विभिन्न रुटहरूको भाडा ५५ रुपैयाँदेखि ३९० रुपैयाँसम्म घटेको छ। सबैभन्दा बढी कमी लामो दूरीका रुटहरूमा देखिएको छ। काठमाडौंबाट धनगढी गन्तव्यको भाडा २६५ रुपैयाँले घटेको छ। काठमाडौंबाट सुखेत र माउन्टेन फ्लाइट २१०२१० रुपैयाँ, नेपालगञ्ज १९५ रुपैयाँ र भद्रपुर १८० रुपैयाँले घटेको छ। पोखरा केन्द्रित उडानहरूमा पनि उल्लेख्य राहत छ। पोखराभद्रपुर रुटमा २४५ रुपैयाँ, पोखराधनगढी २०५ रुपैयाँ र पोखराजनकपुर १९० रुपैयाँले घटेको छ। भैरहवा विमानस्थलबाट भैरहवाभद्रपुर रुटमा २६५ रुपैयाँ र भैरहवाधनगढी १८५ रुपैयाँले कमी आएको छ।

सबैभन्दा बढी इन्धन शुल्क घट्ने मुख्य रुटहरू यस प्रकार छन्:

विराटनगरधनगढी: ३९० रुपैयाँ

नेपालगञ्जभद्रपुर: ३५५ रुपैयाँ

जनकपुरधनगढी: ३३० रुपैयाँ

विराटनगरनेपालगञ्ज: ३२० रुपैयाँ

सिमराधनगढी: ३०५ रुपैयाँ

काठमाडौंधनगढी: २६५ रुपैयाँ

भैरहवाभद्रपुर: २६५ रुपैयाँ

जनकपुरनेपालगञ्ज: २७० रुपैयाँ

पोखराभद्रपुर: २४५ रुपैयाँ

सिमरानेपालगञ्ज: २४० रुपैयाँ

छोटो दूरीका रुटहरूमा भने कमी कम देखिएको छ। काठमाडौंसिमरा र पोखरासिमरामा ६० रुपैयाँ, काठमाडौंभरतपुरमा ६५ रुपैयाँ र जनकपुरभैरहवामा मात्र ५५ रुपैयाँले इन्धन शुल्क घटेको छ।

यो मूल्य समायोजनले विशेषगरी पूर्वपश्चिम जोड्ने तथा तराईका प्रमुख शहरहरूबीच यात्रा गर्ने यात्रुहरूलाई सबैभन्दा बढी फाइदा पुर्‍याउने भएको छ। विमान कम्पनीहरूले टिकट मूल्यमा तत्काल समायोजन गरेकाले आन्तरिक हवाई यात्रा अब थप सस्तो र सहज हुने अपेक्षा गरिएको छ।

इन्धन मूल्य घटेसँगै नेपालको आन्तरिक हवाई यातायात क्षेत्रलाई थप गतिशील बनाउने विश्वास गरिएको छ।