झापा उर्जा कम्पनीले विगत पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणलाई ४ करोड ७१ लाख रुपैयाँ बराबरको सौर्य बिजुली बिक्री गरेको छ।
कम्पनीको १० मेगावाट क्षमताको सौर्य बिजुली परियोजनाबाट श्रोतः श्रावण देखि मंसिर मध्यसम्म ६.५२ लाख युनिट बिजुली उत्पादन भएको कम्पनीका अध्यक्ष लालबहादुर संवा लिम्बुले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले झापा एनर्जीले उत्पादन गरेको बिजुली प्रति युनिट ७.३० रुपैयाँ दरमा किन्न आएको छ। कम्पनी दुई वर्षदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आएको छ।
झापा एनर्जीले शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा २२ बिगाहा क्षेत्रफलमा २१,६०० सौर्य प्यानल स्थापना गरेर परियोजना सञ्चालन गरेको छ। उत्पादन भएको बिजुली प्रायः १ किलोमिटरभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पठाइ राष्ट्रिय ग्रिडसँग जोडिएको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५० लाख रुपैयाँ बराबरको सौर्य बिजुली बिक्री गरेको थियो भने २०८१/८२ मा बिक्री रकम ९० लाख रुपैयाँमा पुगेको थियो। अध्यक्ष लिम्बुले भने, “सौर्य उर्जाको उत्पादन र बिक्रीमा निरन्तर वृद्धि हुँदै गएको छ र आगामी दिनमा यो प्रवृत्ति अझ बलियो हुने अपेक्षा छ।”
