भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख गरिएको छ ।
