नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीलाई टीकापुर घटनामा आममाफी दिने सरकारी निर्णयको फाइल सर्वोच्च अदालतले झिकाएको छ।
आममाफीविरुद्ध शारदा कडायतसहितले दायर गरेको रिट निवेदनमा न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा आज सोमबार सुनुवाइ गरेको हो।
‘सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी दिएको निर्णयको फाइल इजलासमा अवलोकनार्थ मिसिलसाथ पेश गर्नू’, आदेशमा भनिएको छ।
