नेपाली बजारमा मंगलबार पनि सुनको भाउ तीव्र गतिले बढेको छ। सोमबार एकैदिन ४ हजार ६०० रुपैयाँले उकालो लागेको सुनको मूल्य आज थप ३ हजार १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी प्रतितोला १९५ रुपैयाँले बढ्दै ४ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।
