नेकपा एमालेको सचिवालय बैठक आज बिहान ९ बजे ललितपुरको पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तयारी, साथै पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ।
पार्टीले आगामी माघ ११ गतेका लागि घोषित राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका अवसरहरू खोज्दै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका अन्य दलसँग छलफल अघि बढाएको छ।
