नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं नक्सालस्थित नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ।
बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रूपमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रविण मुनि बज्राचार्य लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
बैंकका अधिकारीहरूले यस किसिमको पहलले बालबालिकाका तत्काल आवश्यकताहरू पूरा गर्ने मात्र नभई उनीहरूको समग्र विकासमा सहयोग पुग्ने बताएका छन्।
नेपाल एसबिआई बैंकले समुदाय स्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय समयमा गर्दै आएको छ। बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ र हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
