काठमाण्डौ/ नेपाल निर्यात परिषदमा नयाँ नेतृत्व चयन भएको छ । परिषदको मंगलाबार सम्पन्न २८औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
जस अनुसार परिषदको अध्यक्षमा डा. रामशरण थपलिया चयन भएका छन् । यस अघि उनी प्रथम उपाध्यक्ष थिए ।
त्यस्तै प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, तथा महासचिवमा वसन्त राज अधिकारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह-कोषाध्यक्षमा हरिशरण भेटवाल चयन भएका छन् ।
सदस्यहरुमा प्रेम राज नराल, सरस्वती सेडाई (त्रिपाठी), प्रविण मान श्रेष्ठ, अमिर बगाले, राम कुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता चयन भएका छन् ।
