हालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न,१०.३७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ४० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १०.३७ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर ५.३७ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।

सभाले बैंकको कर्पोरेट भवन बनाउनका लागि आवश्यक जग्गा वा भवन खरिद गर्ने, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को प्रयोजनको लागि संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ साल अषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/२०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफारनोक्सान बाँडफाँड, हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत बार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचिहरु र विकास बैंकको प्रबन्धपत्रमा भएको संशोधनको स्वीकृती लिदा वा अभिलेख गर्दा गराउँदा प्रबन्धपत्रमा संशोधन, परिवर्तन वा थपरघट गर्न, सो सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन तथा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बैंकको प्रवन्धपत्रमा भाषागत तथा अन्य सुधार गरी अभिलेख गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।