नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटलबिच सम्झौता

काठमाडौं ।  नेपाल बैंक र मेडिकेयर हस्पिटल लि.बिच सम्झौता भएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरू र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरूलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरू र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।