नेपाल लाइफको समृद्धि लगानी योजना माघ ४ देखि बिक्रीमा

आगामी माघ ४ गतेदेखि नेपाल लाइफ क्यापिटलले सञ्चालन गर्ने सामूहिक लगानी कोष–नेपाल लाइफ समृद्धि लगानी योजना को इकाई सार्वजनिक निष्काशनमा आउँदैछ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने १६ करोड इकाईमध्ये, न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईलाई सुरक्षित राखिएको छ। यसमा १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई र १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्रीमा आउनेछन्।

यो योजना नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ। लगानीकर्ताहरूले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

योजनाको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। यदि यस अवधिमा सबै इकाई बिक्री नभएमा माघ १८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।