नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले सातै प्रदेशबाट चयनित उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
एक शीर्ष नेताका अनुसार उम्मेदवारहरू यस प्रकार छन्:
-
कोशी प्रदेश: सुनिलबहादुर थापा (अन्य)
-
मधेश प्रदेश: धर्मेन्द्र पासवान (दलित), रन्जित कर्ण (अपांगता)
-
बागमती प्रदेश: गीता देवकोटा (महिला)
-
गण्डकी प्रदेश: जगत तिमिल्सिना (अन्य)
-
लुम्बिनी प्रदेश: बासुदेव घिमिरे जंगली (अपांगता), चन्द्रबहादुर (केसी)
-
कर्णाली प्रदेश: ललितजंग शाही (अन्य)
-
सुदूरपश्चिम प्रदेश: खम्मबहादुर खाती (अन्य)
कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आगामी निर्वाचनका लागि चुनावी तालमेलबारे छलफल जारी छ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।
