महालक्ष्मी विकास बैंकका नवनिर्वाचित संचालक समितिबाट अध्यक्ष चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाले उपाध्यायलाई अध्यक्षको रूपमा चयन गरेको थियो।
उपाध्यायले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ अनुसार बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रसमक्ष सपथ लिएका हुन्।
सपथ ग्रहण समारोहमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
