ट्रम्पद्वारा घोषणा: भेनेजुएला अब मात्र अमेरिकी उत्पादन किन्न्छ

अमेरिकी राष्ट्रपतिको डोनाल्ड ट्रम्पले एक प्रमुख घोषणा गर्दै भेनेजुएलाले आफ्नो नयाँ तेल सम्झौता अन्तर्गत प्राप्त पैसाले अब “मात्र अमेरिकी उत्पादन” मात्रै खरिद गर्ने निर्णय गरेको बताएका छन्। ट्रम्पले यो कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशियलमा लेखेका हुन्।

उनका अनुसार यो खरीदीमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण, र भेनेजुएलाको विद्युत ग्रिड तथा उर्जा पूर्वाधार सुधार गर्ने उपकरण लगायत सामग्री समावेश हुनेछन्। ट्रम्पले यसलाई “संयुक्त राज्य अमेरिकासँग प्रमुख साझेदारी” को रूपमा वर्णन गर्दै दुवै देशका जनताका लागि राम्रो निर्णय भएको बताए।

ट्रम्पको यो बयान भेनेजुएलामा अमेरिकी प्रशासनको तेल सम्झौता तथा यस विषयमा भएको व्यापक अन्तर्राष्ट्रिय गतिविधि को बीचमा आएको हो। केही रिपोर्टहरूले भेनेजुएलाले ३ करोडदेखि ५ करोड ब्यारेल कच्चा तेल अमेरिकी बजारमा उपलब्ध गराउने घोषणा पनि गरेको बताएका छन्, जसले अमेरिका र भेनेजुएलाबीचको आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने संकेत गरेको छ।

ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले भेनेजुएलाका अन्तरिम नेताहरू सँग नजिकको समन्वय रहेको र अमेरिकी प्रभावले निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।