आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा आयोजित गरिएको थियो।
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, सभा दौरान वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिएको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाले गरेको छ।
सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चहरूको अनुमोदन गर्दै, नियामक निकायबाट निर्देशन वा सुझाव आएमा आवश्यक संशोधन गर्ने अख्तियारी पनि पाएको छ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो। यस अनुसार, नेप्सेमा पुस १० गतेसम्म कम्पनीको शेयर किनेका शेयरधनीहरूले लाभांश पाउने छन्।
