रिलायन्स स्पिनिङ मिल्सविरुद्ध झुटो समाचार नगर्न अदालतकोअन्तरिम आदेश

जिल्ला अदालत

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स विरुद्ध झुटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार प्रकाशन–प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

खगेन्द्रराज कँडेल लगायत विपक्षीविरुद्ध दायर निवेदनमा रामचन्द्र खड्का को इजलासले बिहीबार सुनुवाइ गर्दै प्रथम दृष्टिमै ती सामग्री झुटो, भ्रमपूर्ण र मानहानीपूर्ण देखिएको ठहर गरेको कम्पनीले जनाएको छ ।

निवेदनमा कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरूलाई तोडमोड गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद र ठगीजस्ता अप्रमाणित आरोप लगाउँदै लिखित, अडियो तथा भिडियो सामग्रीमार्फत कम्पनी र संस्थापकको बेइज्जती गरिएको दाबी गरिएको छ ।

अदालतले यस्ता शीर्षकका सामग्रीहरू सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा प्रकाशन–प्रसारण नगर्न, गरिसकेका सामग्रीको थप सम्प्रेषण रोक्न विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ ।