सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको प्रारम्भिक शेयर (आइपीओ) सफलतापूर्वक बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले यस IPO को बाँडफाँड गरेको हो।
कम्पनीले १,४३९,१७९ कित्ता IPO बिक्रीका लागि सार्वजनिक गरेकोमा २,३२,८४३ जनाले २५,९३४,९३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २२,६५,९५५ आवेदन स्वीकृत भएका थिए।
बाँडफाँड अनुसार १,४३,९१७ जनाले १०/१० कित्ताको दरमा शेयर पाएका छन् भने तीमध्ये ९ जना आवेदकले थप १/१ कित्ता पाई कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
IPO को नतिजा तलका लिंकमा गई हेर्न सकिन्छ:
-
सीडीएस एन्ड क्लियरिङ: https://iporesult.cdsc.com.np/
-
मुक्तिनाथ क्यापिटल: https://www.globalimecapital.com/#home
-
मेरो शेयर: https://meroshare.cdsc.com.np/#/login
