वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले साधारण शेयरको निष्काशन प्रक्रियाको लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता सम्पन्न भएको छ।
कम्पनी हाल इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजना पूरा भएपछि नेपालमा ऊर्जा क्षेत्रमा थप स्थायी र दीगो योगदान पुग्ने अपेक्षा गरिएको छ।
आईपीओमार्फत जुटाइने रकम कम्पनीले आयोजना निर्माण र सञ्चालनका लागि लगानी गर्ने जानकारी दिइएको छ। यसले स्थानिय स्तरमा रोजगारी सृजना र आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
