प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु, युवाहरु उत्साहित

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना प्रक्रिया सुरु भएपछि युवाहरु उत्साहित बनेका छन्।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्नका लागि लामो लाइन लागेको छ। यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ।

युवाहरुले फारम भर्दै निर्वाचन सुरक्षा सुनिश्चित गर्ने कार्यमा सक्रिय भूमिका खेल्ने उत्साह व्यक्त गरेका छन्। प्रहरी परिसरले समेत भर्ना प्रक्रिया सहज र व्यवस्थित बनाउन आवश्यक तयारी गरेको जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा म्यादी प्रहरीको भर्नाले निर्वाचनको व्यवस्थित संचालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।