फुटबलका महाबली क्रिस्टियानो रोनाल्डो ले आफ्नो करियरमा एक नयाँ र अविश्वसनीय कीर्तिमान कायम गरेका छन्। २००२ देखि अहिलेसम्म २५ सिजन लगातार गोल गर्ने उपलब्धि उनले प्राप्त गरेका छन्।
रोनाल्डोको यो उपलब्धि विश्व फुटबलमा अत्यन्तै दुर्लभ मानिन्छ। उनका प्रशंसकले उनलाई “अप्रतिरोधी स्ट्राइकर” भनेर सम्बोधन गरेका छन्।
सन् २००२ मा आफ्नो पेशागत करियर सुरु गरेदेखि रोनाल्डोले विभिन्न क्लब र राष्ट्रिय टोलीमा खेल्दै निरन्तर गोल गर्दै आएका छन्। यो उपलब्धिले उनको लगनशीलता, परिश्रम र उत्कृष्ट फुटबल क्षमतालाई प्रमाणित गरेको छ।
