काठमाडौं। वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न २५औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका सीईओ सुभास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन्।
यसैगरी, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित तथा कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी रहेका छन्।
कार्यसमितिका सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट र हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन्।
