बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् । आज (शनिबार) होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो । सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

गत बिहिबार काठामाण्डौ आइपुगेका भारतीय सिने अभिनेता सन्जय दत्तले एक छिनअगाडि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भेटेका छन् । क्यासिनो उद्घाटनमा सामेल भएर उनी शुक्रबार पशुपतिनाथको दर्शन गरेर नयाँ दिल्ली फर्किएका छन् ।