लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार, तामाङ आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएका हुन्।
इन्डियन आइडल जितेका तामाङ नेपाली संगीत क्षेत्रमा विशेष चर्चित थिए। उनले गायका थुप्रै नेपाली गीतहरू लोकप्रिय बनाएका थिए र नेपाली युवा पुस्ताबीच गहिरो छाप छाडेका थिए।
संगीतसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले बलिउडमा डेब्यु फिल्म ‘ब्याटल अफ गलवान’ बाट गरेका थिए। उनको गायन र अभिनयले नेपाली कलाकारितामा नयाँ पहिचान बनाएको भन्दै उनका प्रशंसक र चलचित्रकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
उनको निधनले नेपाली सांगीतिक र चलचित्र क्षेत्रमा शून्यता सृजना भएको छ। प्रशान्त तामाङको योगदान र सम्झना लामो समयसम्म नेपाली कला–साहित्य र मनोरञ्जनमा जीवित रहने विश्वास व्यक्त गरिएको छ।
