नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। यसअघि जारी हुने क्रमको जारी राख्दै राष्ट्र बैंकले १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ जारी गर्न लागेको हो।
ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। बोलकबोलकै आधारमा यस ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले यस ऋणपत्रमा आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २८ गते गरिनेछ भने ब्याज अर्धवार्षिक रुपमा प्राप्त हुनेछ। न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ। आवेदन गर्दा बाँकी रकमको नि:शेष भाग पनि समावेश गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न पाइने व्यवस्था रहेको छ।
ऋणपत्र धितोको रूपमा पनि प्रयोग गर्न सकिने भएकाले बैंक तथा वित्तीय संस्थाहरूका लागि थप लगानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
