काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा लक्ष्मण पौडेल एन्ड्रयु विजयी भएका छन् । सोमबार सम्पन्न २० औं साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अर्का उम्मेदवार दीपकराज भुसाललाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् । महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन् ।
