एशियन लाइफ इन्स्योरेन्सले १०.५२% लाभांश वितरण गर्ने घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७८/७९ आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५.५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। यस निर्णय कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकमा पारित भएको हो।

लाभांश वितरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सुरु गरिने कम्पनीले जनाएको छ।