काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले ‘Manjushree Virtual Credit Card’ सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीहरूमध्ये भर्चुअल क्रेडिट कार्डको सुविधा दिने मन्जुश्री नेपालकै पहिलो कम्पनी बनेको छ ।
ग्राहकहरूले मन्जुश्रीको मोबाइल बैंकिङ एप ‘Manjushree Smart’ मार्फत यो कार्ड सक्रिय गरी सजिलै कारोबार गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी फोनपेको कुनै पनि मर्चेन्ट क्युआर (QR) मा स्क्यान गरेर सहजै भुक्तानी गर्न सकिनेछ । यो कार्ड भौतिक रूपमा बोक्नु पर्दैन, सिधै मोबाइल एपमा उपलब्ध हुनेछ।
आफूले चलाएको रकममा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड सीमा (Limit) सम्मको सुविधा उपभोग गर्न सकिनेछ। जसमा आफूले खर्च गरेको रकमको विवरण मोबाइलमै तुरुन्तै हेर्न मिल्ने व्यवस्था गरिएको छ । क्रेडिट कार्ड लिमिटसम्मको रकम क्युआर स्क्यान गरी सामान वा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिनेछ ।
यस नवीन सुविधाले ग्राहकहरूलाई थप छरितो र आधुनिक वित्तीय सेवा दिने विश्वास फाइनान्सले लिएको छ ।
फाइनान्सको बजार अवस्था हालसम्म करिब १ लाख ८० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको मन्जुश्री फाइनान्सले २७ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।
