नेपाल बैंक लिमिटेडद्वारा जारि आकर्षक कर्जा सुविधा कुन कुन छन् ?

काठमाडौं ।नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारण ग्राहकको आवश्यकता मध्यनजर गर्दै सरल प्रक्रिया र सुलभ ब्याजदरमा उपलब्ध हुने आकर्षक कर्जा सुविधाहरू सार्वजनिक गरेको छ। बैंकले कृषि उत्पादन तथा व्यवसाय प्रवर्द्धनका लागि कृषि कर्जा, घर निर्माण तथा खरिदका लागि घरजग्गा कर्जा, उद्यमशीलता विकासका लागि व्यवसाय कर्जा र लघु उद्यम कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ।

त्यसैगरी, बैंकले शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक कर्जा, सवारी साधन खरिदका लागि सवारी कर्जा, व्यक्तिगत आवश्यकता पूरा गर्न व्यक्तिगत कर्जा तथा सुनचाँदी धितोमा आधारित सुन चाँदी कर्जा पनि प्रदान गर्दै आएको छ। नेपाल बैंक लिमिटेडले यी कर्जा सुविधामार्फत ग्राहकको आर्थिक आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्दै आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।