ललितपुर । कुमारीपाटी–जावलाखेल विकास संस्थाको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले संस्थाको पहिलो कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका निर्वाचन अधिकृत अधिवक्ता बाबु कृष्ण महर्जन ले निर्वाचन प्रक्रिया सम्पन्न गरी नतिजा सार्वजनिक गर्नुभएको थियो। निर्वाचन समितिका अनुसार सबै पदमा निर्विरोध रूपमा नेतृत्व चयन भएको हो।
निर्वाचन परिणामअनुसार पुष्परत्न शाक्य अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदमा प्रकाश खड्गी, अनिल श्रेष्ठ र बीरेन्द्र शाक्य चयन हुनुभएको छ। संस्थाको सचिव पदमा पुरुषोत्तम शाही तथा कोषाध्यक्ष पदमा किरण खड्गी निर्विरोध निर्वाचित हुनुभएको छ। सदस्यहरूमा शैलेन्द्र शाक्य, कपिल शाही, बुलाल महर्जन र निर्मला खड्गी चयन हुनुभएको छ।
नवगठित कार्यसमितिले कुमारीपाटी–जावलाखेल क्षेत्रको सामाजिक, सांस्कृतिक तथा भौतिक विकासलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा सहभागी सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
