एफसी बायर्न लेजेण्ड कप २०२६ डिशहोम गोमा प्रत्यक्ष

जर्मनीको चर्चित क्लब बायर्न म्युनिख एफसीले आयोजना गर्न लागेको लेजेण्ड फुटबल खेलाडीहरूको विशेष प्रतियोगिता ‘एफसी बायर्न लेजेण्ड कप २०२६’ नेपालमा प्रत्यक्ष प्रशारण हुने भएको छ। डिशहोम गो एप तथा एक्सन स्पोर्ट्स एचडि २ च्यानलमार्फत नेपाली दर्शकहरूले यो प्रतियोगिता लाइभ हेर्न पाउनेछन्।

पुरानो शैलीको इनडोर फुटबल फर्म्याटमा आयोजना हुने यस प्रतियोगिताले विश्वभरका फुटबल प्रेमीहरूलाई एकपटक फेरि सुनौला दिनहरूको सम्झना दिलाउने अपेक्षा गरिएको छ। म्युनिखस्थित साप गार्डेन स्टेडियममा आयोजना हुने खेलमा एफसी बायर्नका चर्चित लेजेण्ड खेलाडीहरू आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र योर्गन क्लिन्सम्यान मैदानमा उत्रनेछन्।

प्रतियोगितामा एफसी बायर्न म्युनिखसहित युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आइट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड गरी कुल छ वटा प्रतिष्ठित क्लबहरू सहभागी हुनेछन्। यी क्लबका अन्य पूर्व स्टार खेलाडीहरू, अर्थात् लेजेण्ड फुटबलरहरूको जादु पनि एकै मैदानमा पुनः हेर्न पाइनेछ।

नेपालमा भने यो ऐतिहासिक प्रतियोगिता नेपाली समयअनुसार बेलुकी ८ बजेर ५ मिनेटदेखि प्रत्यक्ष प्रशारण गरिनेछ। डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडि २ च्यानलमार्फत दर्शकहरूले घरमै बसेर विश्वप्रसिद्ध लेजेण्ड खेलाडीहरूको आकर्षक इनडोर फुटबलको मजा लिन सक्नेछन्।

लेजेण्ड खेलाडीहरूको पुनर्मिलन, रोमाञ्चक इनडोर फुटबल र विश्वकै ठूला क्लबहरूको सहभागितासहित ‘एफसी बायर्न लेजेण्ड कप २०२६’ ले नेपाली फुटबल दर्शकहरूका लागि अविस्मरणीय अनुभव दिने विश्वास गरिएको छ।