नेपालको खराब शुरूआत थाइल्याण्डसँग ८ विकेटले पराजित

आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले खराब शुरूआत गरेको छ । नेपालले उद्घाटन खेलमा आज आइतबार थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

महिला टी–२० विश्वकप यात्राको सुरुआत, नेपाल ब्याटिङमा

१२३ रनको चुनौती थाइल्याण्डले १६।५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि। कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १२३ रन बनायो ।

खेलमा बिन्दू रावलले ५६ बलमा ४४ रन बनाइन् भने सोनु खड्काले ११ बलमा २६ रन जोडिन् । पहिलो विकेटका लागि ५।४ ओभरमा ५२ रनको साझेदारी भए पनि त्यसपछि कुनै राम्रो साझेदारी हुन सकेन ।

त्यस्तै रुबिना क्षेत्रीले २ छक्का र एक चौकाको मद्धतले १० बलमा १७ रन बनाएर आउट भइन् । उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दू वर्मा भने ६ बलमा ६ रन बनाएर आउट भइन् ।

थिपात्चा पुथावोङले ४ विकेट लिइन् ।

त्यस्तै मूलपानीको मैदानमा बंगलादेश र अमेरिका भिडिरहेका छन् । खेलमा बंगलादेशले पहिले ब्याटिङ गरेको छ ।

यस्तो छ टिम प्रतियोगिताबाट विश्वकप पुग्ने बाटो

तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।