सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

जगदीश खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्ने गरी राजीनामा दिने भएका छन् ।

रास्वपा स्रोतका अनुसार खरेल ललितपुर-२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिन लागेका हुन् । मन्त्री खरेल राजीनामा बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । राजीनामापछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र विदाइ कार्यक्रम राखिएको छ ।