चितवन राष्ट्रिय निकुञ्ज पश्चिम क्षेत्र अन्तर्गत नरायणी नदी र आसपासको ओसारपसार क्षेत्रमा यस वर्षको पानीपक्षी जनगणना अनुसार ४२ प्रजातिका चराचुरुङ्गी भेटिएका छन्।
पछिल्ला वर्षको तुलनामा यस वर्ष चराको संख्या र प्रजाति दुवै बढेको तथ्यांकले देखाएको छ। गत वर्ष ४१ प्रजातिका ९,५४८ चराचुरुङ्गी र २०२३ मा ४१ प्रजातिका १०,२५७ चराचुरुङ्गी गणना भएका थिए। यस वर्ष भने १२,८८७ चराचुरुङ्गी ४२ प्रजातिमा भेटिएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम क्षेत्रका बर्ड सेनसस कोअर्डिनेटर डी.बी. चौधरीका अनुसार नरायणी नदी र आसपासका दलदली क्षेत्रहरूमा चराको संख्या उल्लेख्य रूपमा बढेको छ। यस वर्ष करिब ३,३३९ चराहरूको वृद्धिको प्रारम्भिक अनुमान गरिएको छ।
जनगणना पाँच समूहमा गरिएको थियो:
-
सिघ्रौली–अमलटारी
-
सिघ्रौली–पिठौली
-
पिठौली–अमलटारी
-
अमलटारी–त्रिवेणी गण्डक बाँध
चारधारी र अन्य विशेषज्ञ समूहले सङ्कलन गरेको डेटा अनुसार, सबैभन्दा धेरै प्रवासी चराहरू साइबेरिया र अन्य उत्तरी गोलार्धबाट जाडो पलायनका लागि नरायणी क्षेत्रमा आउने गरेका छन्।
नेपालमा हालसम्म ९०३ प्रजातिका चराचुरुङ्गी सूचीबद्ध छन्, जसमध्ये १६२ प्रजाति पानीपक्षी क्षेत्रका हुन्।
