काठमाडौं/ कामना सेवा विकास बैंक लिमिटेडले धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो ।
भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको बताइएको छ । सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाब दिइएको थियो ।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले स्वास्थ्य शिविरले समुदायको स्वास्थ्यस्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महŒवपूर्ण योगदान पुर्याउने बताए ।
