एपोलो हाइड्रोपावरको आइपीओ अनुमति प्राप्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ।

कम्पनीलाई अङ्कित मूल्य १०० रुपैयाँका दरले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति दिइएको हो। शेयर बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड काम गर्दैछ। एपोलो हाइड्रोपावर ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

बोर्डका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिइएको छ। यसमा नौ वटा जलविद्युत् कम्पनी, चार उत्पादन कम्पनी, एक होटल तथा पर्यटन कम्पनी र एक विकास बैंक रहेका छन्।

चालु आवमा बोर्डले हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८०० रुपैयाँ बराबरको साधारण शेयर बिक्री अनुमति प्रदान गरेको छ।