कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
रु.३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको थियो। परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि २०८२÷१०÷१२ गतेदेखि २०८२÷१०÷१५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।
