आज तराईका भू-भागमा हुस्सु र कुहिरो पहाडी र हिमाली क्षेत्रमा बादल

आज शुक्रबार अधिकांश क्षेत्रमा मौसम सफा देखिएको छ ।

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम सफा भएपनि केहि ठाउँमा वर्षा समेत हुने देखिएको छ ।

आज तराई भूभागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहेने छ।

आज साँझ तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।

गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमहाशाखाले जनाएको छ ।