त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव सुरु

उदयपुर । ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ दोस्रो उदयपुर महोत्सव उदयपुरको त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा सुरु भएको छ।

उदयपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको उद्देश्य जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन र संस्कृतिलाई एउटै थलोमा समेट्नु रहेको छ। यसले स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ।

आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा उदयपुर जिल्लासँगै कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला र युवा उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्।

महोत्सवमार्फत स्थानिय उत्पादन, व्यवसाय र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्ने, स्थानीय उद्यमी र समुदायबीच सहकार्य बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।