लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले उपत्यका र जिल्लामा कर्मचारी माग

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाहरुका लागि कर्मचारीको माग गरेको छ। कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, र इनरुवा शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ।

कम्पनीका अनुसार इच्छुक व्यक्तिहरुले फाल्गुण १५, २०८२ भित्र आवेदन दिन सक्नेछन्। आवेदन इमेल मार्फत पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।

लागू हुने योग्यता, अनुभव र अन्य विवरणका लागि इच्छुक आवेदकले कम्पनीको आधिकारिक वेबसाइट वा इमेलमार्फत थप जानकारी लिन सक्नेछन्। कम्पनीले कर्मचारी मागले सेवा विस्तार र ग्राहकसम्पर्कमा सुधार ल्याउने अपेक्षा राखेको छ।