तनहुँ एकीकृत सेवा कार्यालयको राजस्व र उद्योग दर्तामा वृद्धि

तनहुँ । तनहुँको एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ४६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यो संकलन साउन महिनादेखि पुस मसान्तसम्म भएको हो।

मासिक राजस्व विवरण अनुसार साउनमा ७ लाख १५ हजार, भदौमा ७ लाख २२ हजार, असोजमा ७ लाख ४० हजार, कार्तिकमा ७ लाख १४ हजार, मंसिरमा ७ लाख ८८ हजार र पुसमा ९ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसै अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन्। कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीका अनुसार उद्योगतर्फ १८०, वाणिज्यतर्फ १५३ र पर्यटनतर्फ २ नयाँ दर्ता भएका छन्। यससँगै उद्योगतर्फ १,०२३ र वाणिज्यतर्फ ९८८ नविकरण पनि भएका छन्।

साथै, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन तथा वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ।